विदेशी बैंकमा रहेको पैसा स्वदेश फर्केको ३५ दिनभित्र नेपाल ल्याइसक्नुपर्ने

काठमाडौं । नेपाली नागरिकले विदेशमा कमाएको रकम आफू स्वदेश फर्केको ३५ दिनभित्र ल्याइसक्नु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै नेपाली नागरिकले विदेशमा रहँदा कमाएर बैंकमा राखेको रकम स्वदेश फर्केको ३५ दिनभित्र नेपाल ल्याइसक्नुपर्ने जानकारी गराएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ ।

तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न सक्ने व्यवस्था भने रहेको छ ।

यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था रहेको राष्ट्र बैंकले जानकारी गराएको छ ।

यदि नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा भने सो खाता वा लगानी रहेको बैंक वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने छ ।

वीरगञ्ज भन्सारबाट साउनमा ४६ अर्बको सामान आयात, १२.१६ अर्ब राजस्व संकलन Read Previous

वीरगञ्ज भन्सारबाट साउनमा ४६ अर्बको सामान आयात, १२.१६ अर्ब राजस्व संकलन

एयरपोर्ट भित्रको पसलबाट कैँची हराएपछि ३६ उडान रद्द, २०१ उडान डिले Read Next

एयरपोर्ट भित्रको पसलबाट कैँची हराएपछि ३६ उडान रद्द, २०१ उडान डिले