एयरपोर्ट भित्रको पसलबाट कैँची हराएपछि ३६ उडान रद्द, २०१ उडान डिले

काठमाडौं । जापानको होकाइदाेस्थित न्यू चिटोस विमानस्थल भित्र रहेको एक पसलबाट कैंची हराएपछि ३६ वटा उडान रद्द गरिएको छ । त्यस्तै, २०१ वटा उडानमा ढिलाइ भएको छ ।

विमानस्थलको आन्तरिक टर्मिनलको बोर्डिङ गेटनजिकै रहेको एक पसलबाट कैंची हराएपछि २ घण्टासम्म उडानहरू रोकिएको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यम बीबीसीका अनुसार कैंची हराएपछि सुरक्षाको खतरा हुन सक्ने भन्दै ३६ वटा उडान रद्द गरिएको थियो भने २०१ वटा उडान ढिला भएको थियो।

उडान रद्द भएछि विमानस्थलमा यात्रुहरूको भीड लागेको थियो। विमानस्थलका अधिकारीहरूले हराएको कैंची खोजी गरेका थिए । तर, त्यस दिन कैँची भेटिएको थिएन । आइतबार भने कैंची पसलमै भेटिएको न्यू चिटोस विमानस्थलले जानकारी दिएको थियो । भेटिएको कैँची हराएकै हो वा अन्य भन्ने एकीन भएको छैन ।

घटना शनिबारको भए पनि विमानस्थलले सो बारे सोबार मात्रै जानकारी दिएको थियो। भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले यस घटनाको छानबिन गर्न र नदोहोराउन निर्देशन दिएको छ ।

न्यू चिटोस विमानस्थल जापानको सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये पर्छ।

विदेशी बैंकमा रहेको पैसा स्वदेश फर्केको ३५ दिनभित्र नेपाल ल्याइसक्नुपर्ने Read Previous

विदेशी बैंकमा रहेको पैसा स्वदेश फर्केको ३५ दिनभित्र नेपाल ल्याइसक्नुपर्ने

एलिट क्यापिटलले रेन्बो डिस्टिलरीलाई 'रोड टु आइपीओ' सेवा दिने Read Next

एलिट क्यापिटलले रेन्बो डिस्टिलरीलाई 'रोड टु आइपीओ' सेवा दिने