काठमाडौं । भैरहवास्थित रेन्बो डिस्ट्रिरीले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले आधुनिक प्लान्टसहित व्यवसाय वृद्धिका लागि सेयर सर्वसाधरमा जारी गर्ने भएको हो ।
कम्पनीले आइपीओ निष्काशनका लागि एलिट क्यापिटल लिमिटेडसँग ‘रोड टु आइपीयो’ योजना सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतापत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिरीका अध्यक्ष मिनराज भुषालले हस्ताक्षर गरे ।
एलिट क्यापिटलले ‘रोड टु आइपीओ’ योजना अन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरूलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पूँजी वृद्धि र व्यवसायिक प्रबद्र्धनमा परामर्श सेवा दिँदै आइरहेको छ ।
रेन्बो डिस्टिलरीले १० करोड चुक्तापूँजीलाई शतप्रतिशत वृद्धि गरी पव्लिक कम्पनीमा रुपान्तरण हुने जनाएको छ ।
एलिटले रेन्बोलाई चुक्ता पूँजी वृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आइपीओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराइटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।
हाल १० करोड चुक्तापूँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पूँजी वृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गरिँदैछ । पूँजी वृद्धिपछी यस कम्पनीले पबिलक कम्पनीमा रुपान्तरण भई आइपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष डा. धु्रव भट्टराईले जानकारी दिए ।
कम्पनीले ५० यूपी र ७० यूपीका सोफी, स्मुच, ईडेन प्रिमियम, पिकनिक, अरेन्ज, पाइस, टकिला लगायत २ दर्जन ब्राण्डका मदिरा उत्पादन गरिरहेको छ ।