काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।
बैंक संचालक समितिको साउन ३० गते बसेको बैठकले रिक्त सीईओ पदमा अधिकारीलाई नियुक्त गरेको हो ।
उनको कार्यकाल भदौ २ गतेदेखि सुरु हुने बैंकले जनाएको छ । अधिकारी यसअघि सरकारी स्वामित्वको नेपाल बैंकको सीईओ बनेका थिए । उनीसँग दुईदशक लामो बैंकिङ अनुभव छ ।
उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए रपूर्वाञ्चल विश्वविद्यालयबाट इएमबीए उत्तीर्ण गरेका छन् ।
तत्कालीन सीईओ रामकृष्ण खतिवडाले गत माघमा राजीनामा दिएपछि बैंककाे सीईओ पद रिक्त थियो ।