जुम्लामा उद्योगको संख्या ४ हजार नाघ्यो, सबैभन्दा धेरै कृषिजन्य

जुम्ला । जुम्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका ४ हजार २१६ उद्योग दर्ता भएका हुन् ।

गत आवमा २०४ नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकतर्फ १०, कृषि तथा वनजन्य १२२, सेवामूलक ६८ छन् । गत आवमा रु २४ लाख राजस्व सङ्कलने भएको छ ।

यसैबीच, उक्त कार्यालयले गत आवमा आठवटै स्थानीय तहका २०४ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।रासस

मोदी इनर्जीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने Read Previous

मोदी इनर्जीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त Read Next

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त