काठमाडौं । मोदी इनर्जी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ।
कम्पनी संचालक समितिको साउन ३० गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।कम्पनीले बैंकको ऋण चुक्ता गर्नका लागि हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले १०० प्रतिशत हकप्रदको लागि अनुमति माग्दै विद्युत नियमन आयोगमा आवेदन दिइएको जानकारी गराएको छ ।
कम्पनीको हकप्रद विद्युत् नियमन आयोग र धितोपत्र बोर्डबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि निष्काशन प्रक्रिया अघि बढ्ने छ ।
हाल २ अर्ब ९० करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि ५ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।