चन्द्रागिरि हिल्सको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चन्द्रगिरि हिल्स प्रालिको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गतआर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९९.३९ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म कम्पनीले २२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा ११ करोड रुपैयाँ धेरै हो । अघिल्लो आवमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

पछिल्लो समय पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफा बढेको हो । स्वदेशी तथा विदेशी पर्यटकको आवगमन बढ्दा कम्पनीको व्यवसायमा आर्कषक सुधार आएको छ ।

समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ९.४९ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको अन्य आम्दानी भने २८.०२ प्रतिशतले घटेर १ करोड १ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च २९.३७ प्रतिशतले बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

हाल १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि दोब्बरले बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.३० रुपैयाँबाट बढेर १४.५६ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ छ ।

टेलिकमको नाफा १.३१ अर्ब घट्यो, जगेडा कोषमा साढे ७६ अर्ब Read Previous

टेलिकमको नाफा १.३१ अर्ब घट्यो, जगेडा कोषमा साढे ७६ अर्ब

मोदी इनर्जीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने Read Next

मोदी इनर्जीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने