काठमाडौं । इन्ट्रा डेमा नेप्से परिसूचक ३ हजार बिन्दु माथि उक्लिएको छ । बिहीबार बजार खुलेको २५ मिनेटमै नेप्से ६५ अंकले बढेर ३०२२.९७ बिन्दुसम्म पुगेको हो ।
यो बिन्दु ३५ महिना यताकै उच्च हो । यसअघि २०७८ भदौ १३ गते नेप्से परिसूचक ३ हजार बिन्दु थियो ।
गत असार १७ गतेदेखि लगातार उकालो लागेको नेप्से डेढ महिनामै झण्डै १ हजार बिन्दुले बढिसको छ । नेप्सेले अब अलटाइ हाइ ३१९८ बिन्दुको रेकर्ड ब्रेक गर्न २०० अंक मात्रै बाँकी छ ।
पछिल्लो समय कारोबार रकमले दैनिक रेकर्ड बनाउँदै आएको छ । औसतमै प्रतिदिन २० अर्ब बढीको कारोबार हुन थालेको छ ।