सानिमा बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत छुट पाउने

काठमाडौं । सानिमा बैंकका ग्राहकले बुद्ध एयरमा विशेष छुट पाउने भएका छन् ।

सानिमा बैंकका भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट पाउने भएका हुन् ।

छुटका लागि ग्राहकहरूले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट सानिमा मा उपलब्ध छ ।

बैंकले हाल देशभरका १३३ वटा शाखा कार्यालय तथा १२४ वटा एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

मर्जरपछि बनेको 'मातृभूमि लघुवित्त'को सेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ? Read Previous

मर्जरपछि बनेको 'मातृभूमि लघुवित्त'को सेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

बिजुली बेचेर पौने ९ अर्ब कमाउँदा पनि माथिल्लो तामाकोशी कसरी गयो घाटामा ? Read Next

बिजुली बेचेर पौने ९ अर्ब कमाउँदा पनि माथिल्लो तामाकोशी कसरी गयो घाटामा ?