काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ ।
नेप्सेमा साविकको जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त मर्ज भई बनेको नयाँ कम्पनी मातृभूमि लघुवित्तको सेयर सूचीकृत भएको हो ।
साविकको जाल्पा र किसान लघुवित्त मर्ज हुँदा कायम भएको १:०८८३४ सेयर अनुपातका आधारमा मातृभूमिको नाममा ६२ लाख ८३ हजार ५७५.३७ कित्ता सेयर सूचीकृत भएको छ ।
लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले MATRI संकेत चिह्न दिएको छ । लघुवित्तको सेयर कारोबारका लागि नेप्सले १२७८.३९ रुपैयाँ ओपन रेन्ज तोकेको छ । यही मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुल्नेछ ।