काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य सुधार आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २२.८८ प्रतिशतले बढेको छ ।
लघुवित्तले गत असार मसान्तसम्म ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा ८९ लाख रुपैयाँ धेरै हो । अघिल्लो आवमा लघुवित्तले ३ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि सञ्चालन नाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार देखिएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.५६ प्रतिशतले घटेर २५ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन नाफा ८१.४५ प्रतिशतले बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप र ३ करोड सापटी लिई कुल ३ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
हाल १४ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा १५ करोड २६ लाख रुपैयाँ र जगेडा कोषमा १९ करोड ५५ लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा १८ करोड ६५ लाख रुपैयाँ छ । यसबाट कम्पनीले १२५.६ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २६.२७ रुपैयाँबाट बढेर ३२.२८ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ ३३४.३८ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराबमा पनि सुधार आएको छ । अघिल्लो वर्ष १४.७१ प्रतिशतबाट घटेर १२.७४ प्रतिशतमा झरेको छ ।