यूएईमा मादक पद्धार्थ सेवन गरी झगडा गर्दै नेपाली, दूतावासले दियो चेतावनी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्न थालेको जानकारी आएको भन्दै यूएईस्थित नेपाली दूतावासले त्यस्तो नगर्न आग्रह गरेको छ ।

नेपाली दूतावासले सूचना जारी गर्दै नेपालीहरूलाई सद्भावना कायम गरी आफू बस्ने र काम गर्ने ठाउँमा सभ्य व्यवहार प्रदर्शन गर्न अनुरोध गरेको हो ।

‘नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको जानकारी यहाँको सम्बन्धित निकायबाट प्राप्त हुन आएको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

नेपाली राजदूतावास परिसर बाहिर पनि मापसे गरी वा नगरी हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरूलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको पाइएको दूतावासले उल्लेख गरेकाे छ।

यस्तो कार्य गर्नेलाई पनि यूएई प्रहरीले कारबाही गर्ने चेतावनी समेत दिइएको छ।

युनिक नेपाल लघुवित्तको नाफा २३ प्रतिशत बढ्यो, लाभांश क्षमता १२५ प्रतिशत Read Previous

युनिक नेपाल लघुवित्तको नाफा २३ प्रतिशत बढ्यो, लाभांश क्षमता १२५ प्रतिशत

एलडीसीमा स्तरोन्नति पछिका चुनौती कम गर्न नेपालले बहुआयामिक रणनीति अपनाउनुपर्ने Read Next

एलडीसीमा स्तरोन्नति पछिका चुनौती कम गर्न नेपालले बहुआयामिक रणनीति अपनाउनुपर्ने