सर्वोत्तम सिमेन्टको लकइन पिरियड भदौ २५ गते सकिँदै

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयरको लकइन पिरियड आगामी भदौ २५ गते सकिने भएको छ ।

कम्पनीको संस्थागत लगानी कर्ताको नाममा रहेको २४ लाख कित्ता र सामूहिक लगानी कोषहरूको लागि छुट्याइएको १ लाख ५४ हजार २२७ कित्ता गरी कुल २५ लाख ५४ हजार २२७ कित्ता साधारण सेयरको लकइन पिरियड सकिने भएको हो ।

नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषहरूले आइपीओमा पाएको सेयर ६ महिना लकइनमा राख्नुपर्ने व्यवस्था छ । कम्पनीको आइपीओ गत फागुनमा बाँडफाँट भएको थियो ।

भदौ २६ गतेदेखि सामूहिक लगानी कोषहरूले आफ्नो नाममा रहको सर्वोत्तमको आइपीओ बिक्री गर्न पाउने छन् ।

गण्डकी सरकारले दूध उत्पादक किसानलाई दियो ३ करोड अनुदान Read Previous

गण्डकी सरकारले दूध उत्पादक किसानलाई दियो ३ करोड अनुदान

युनिक नेपाल लघुवित्तको नाफा २३ प्रतिशत बढ्यो, लाभांश क्षमता १२५ प्रतिशत Read Next

युनिक नेपाल लघुवित्तको नाफा २३ प्रतिशत बढ्यो, लाभांश क्षमता १२५ प्रतिशत