आइपीओ जारी गर्न नेपाल माइक्रो इन्स्योरेन्सले नियुक्त गर्यो बिक्री प्रबन्धक

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन तथा बिक्री गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीले आइपीओ निष्काशनका लागि एनआइएमबी एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको हो ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र क्यापिटलको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।

नेपाल माइक्रो कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र पाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय चितवनको भरतपुर महानगरपालिका वडा नं. १ मा रहेको छ ।

इटहरी उपमहानगरले सवा ६ करोडको किन्यो विद्युतीय बस, असोजदेखि चलाउने Read Previous

इटहरी उपमहानगरले सवा ६ करोडको किन्यो विद्युतीय बस, असोजदेखि चलाउने

सांसदको अभिव्यक्तिबाट २ खर्ब गुम्यो, उनीहरूबाटै असुल उपर गर्नुपर्छ : सेयर लगानीकर्ता Read Next

सांसदको अभिव्यक्तिबाट २ खर्ब गुम्यो, उनीहरूबाटै असुल उपर गर्नुपर्छ : सेयर लगानीकर्ता