सांसदको अभिव्यक्तिबाट २ खर्ब गुम्यो, उनीहरूबाटै असुल उपर गर्नुपर्छ : सेयर लगानीकर्ता

काठमाडौं । सेयर लगानीकर्ताहरूले सांसदहरूको अभिव्यक्तिका कारण मंगलबार एकैदिन २ खर्ब बढीको नोक्सानी व्यहोर्नुपरेको बताएका छन् ।

चार सेयर लगानीकर्ता संघले विज्ञप्ति जारी गर्दै सेयर बजार विरोधी अभिव्यक्ति दिने सांसदहरू माथि छानबिन गर्नुपर्ने बताएका हुन् ।

सोमबार नेपाली काँग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री डा. प्रकारशरण महत र स्वतन्त्र सांसद अमरेह कुमार सिंहले स्वार्थ समूहले चलखेल गरी वित्तीय अवस्था कमजोर भएका कम्पनीको सेयर मूल्य अस्वभाविक बढाएको बताएका थिए । मंगलबार नेप्से एकैदिन १४५ अंकले घटेपछि लगानीकर्ताले विज्ञप्ति जारी गरी खेट प्रकट गरेका हुन् ।

लामो समयमसम्म सेयर बजार घट्दा चुप लागेर बसेका सांसदहरूले बढ्न थालेपछि बजार विरोधी अभिव्यक्ति दिएको लगानीकर्ताको भनाइ छ ।

लगानीकर्ताले सेयर बजारमा दबाब सिर्जना गर्ने अभिव्यक्ति तत्काल फिर्ता लिन सांसदहरू समक्ष माग समेत गरेका छन् ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट आएको यस्ता अभिव्यक्तिबाट बजारको दुई खर्ब क्षति भएको आरोप छ । उक्त क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउने पर्ने उनीहरूको माग छ । उनीहरूले जथाभावी अभिव्यक्ति दिने कार्य बन्द गर्न भनेका छन् ।

 

आइपीओ जारी गर्न नेपाल माइक्रो इन्स्योरेन्सले नियुक्त गर्यो बिक्री प्रबन्धक Read Previous

आइपीओ जारी गर्न नेपाल माइक्रो इन्स्योरेन्सले नियुक्त गर्यो बिक्री प्रबन्धक

संक्रमणकालीन न्याय सम्बन्धी प्रतिवेदन शीर्ष नेतालाई हस्तान्तरण Read Next

संक्रमणकालीन न्याय सम्बन्धी प्रतिवेदन शीर्ष नेतालाई हस्तान्तरण