इटहरी उपमहानगरले सवा ६ करोडको किन्यो विद्युतीय बस, असोजदेखि चलाउने

धरान । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ ।

नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।

उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे । नगरप्रमुख पौडेलले भने, ‘इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ । सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ । सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ ।’

उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले ६ करोड ३६ लाख ८६ हजार रुपैयाँको लागतमा बस खरिद गरिएको बताए। उनले भने, ‘बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् ।’

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ।

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला Read Previous

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

आइपीओ जारी गर्न नेपाल माइक्रो इन्स्योरेन्सले नियुक्त गर्यो बिक्री प्रबन्धक Read Next

आइपीओ जारी गर्न नेपाल माइक्रो इन्स्योरेन्सले नियुक्त गर्यो बिक्री प्रबन्धक