सानिमा बैंकका ग्राहकले दूसित थानी हिमालयन रिसोर्टमा छुट पाउने

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकले धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोर्टमा छुट पाउने भएका छन् ।

बैंकका ग्राहकले डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानी गर्दा बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरूमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटीएमहरू संचालनमा रहेका छन् ।

सेयर बजारमा तीव्र गिरावट, इन्ट्रा डेमा ११७ अंकले घट्यो Read Previous

सेयर बजारमा तीव्र गिरावट, इन्ट्रा डेमा ११७ अंकले घट्यो

सेयर लगानीकर्ताले एकैदिन गुमाए सवा २ खर्ब, कारोबारमा भने नयाँ रेकर्ड Read Next

सेयर लगानीकर्ताले एकैदिन गुमाए सवा २ खर्ब, कारोबारमा भने नयाँ रेकर्ड