सेयर बजारमा तीव्र गिरावट, इन्ट्रा डेमा ११७ अंकले घट्यो

काठमाडौं । सेयर बजारमा तीव्र गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक इन्ट्रा डे (पौने २ बजेसम्म)मा ११७ अंकले २६७९.७२ बिन्दुसम्म आएको छ ।

गत असार १७ गतेदेखि लगातार ८०० अंकले बढेको नेप्सेमा आज उच्च अंकको करेक्सन आएको हो । १ महिना लगातार बढेको नेप्सेमा प्रफिट बुक गर्ने हाबी हुँदा ठूलो करेक्सन आएको हो ।

फाइनान्स समूहको परिसूचक ८ प्रतिशतभन्दा धेरैले घटेको छ । त्यस्तै, बैंकिङ, हाइड्रोपावर, होटल समूहको परिसूचकमा पनि भारी गिरावट आएको छ ।

आज पौने २ बजेसम्म १६ अर्ब बढीको कारोबार भएको छ ।

सुनचाँदीको भन्सार दर घटाउन अर्थमन्त्री पौडेल सकारात्मक Read Previous

सुनचाँदीको भन्सार दर घटाउन अर्थमन्त्री पौडेल सकारात्मक

सानिमा बैंकका ग्राहकले दूसित थानी हिमालयन रिसोर्टमा छुट पाउने Read Next

सानिमा बैंकका ग्राहकले दूसित थानी हिमालयन रिसोर्टमा छुट पाउने