सुनचाँदीको भन्सार दर घटाउन अर्थमन्त्री पौडेल सकारात्मक

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले आवश्यक छलफल गरी चाँडै निर्णय गरिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्बोधन गर्न जरुरी रहेको स्वीकार गर्दै यस विषयमा सम्बद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिबद्धता जनाए ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतले भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर नेपालमा २० प्रतिशत हुँदा व्यापार असन्तुलन हुने बताए । उनले सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत कायम हुनुपर्ने बताए ।

कैलाली बन्यो दूध उत्पादनमा आत्मनिर्भर Read Previous

कैलाली बन्यो दूध उत्पादनमा आत्मनिर्भर

सेयर बजारमा तीव्र गिरावट, इन्ट्रा डेमा ११७ अंकले घट्यो Read Next

सेयर बजारमा तीव्र गिरावट, इन्ट्रा डेमा ११७ अंकले घट्यो