सुनको मूल्य तोलाको डेढ लाख पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज इतिहासकै महँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि साउन १८ गते भाउ प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ४४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेर १७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कास्कीमा एक वर्षमा ६४९ नयाँ उद्योग थपिए Read Previous

कास्कीमा एक वर्षमा ६४९ नयाँ उद्योग थपिए

बैंकको लाभांश क्षमता ३० प्रतिशतसम्म, ४ वटाले दिन नसक्ने, कुनको कति ? Read Next

बैंकको लाभांश क्षमता ३० प्रतिशतसम्म, ४ वटाले दिन नसक्ने, कुनको कति ?