आइएमई पेमा पैसा पठाउँदा १ हजारसम्म क्यास ब्याक पाइने

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम वालेटमा प्राप्त गर्दा ग्राहकलाई १ हजार रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ ।

यस अफर अन्तर्गत सेवाग्राहीहरूले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा १ हजार रुपैयाँसम्म क्यास ब्याक पाउने छन् ।

यथावत रहिरहेको ‘आइएमई गरौँ,करोडपति बनौं’ योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्बजनिक गरिएको छ ।

यसअघिको योजनामा प्रयोगकर्ताहरुको उल्लासमय सहभागिता र ग्राहक वर्गको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्वजनिक गरिएको कम्पनीले बताइएको छ ।

आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकवर्गले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न, फ्लाइट टिकट खरिद गर्न, मोबाइल रिचार्ज गर्न, सबै प्रकारको बीमा नवीकरण लगायत थुप्रै सेवाहरूको सहजै भुक्तानी गर्न सक्नेछन् । साथै, आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।

अझै पाइन्छ यी दुई कम्पनीको सेयर किन्दा अघिल्लो वर्षको लाभांश Read Previous

अझै पाइन्छ यी दुई कम्पनीको सेयर किन्दा अघिल्लो वर्षको लाभांश

नबिल बैंकको खुद नाफा ७ अर्ब बढी, वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड Read Next

नबिल बैंकको खुद नाफा ७ अर्ब बढी, वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड