अझै पाइन्छ यी दुई कम्पनीको सेयर किन्दा अघिल्लो वर्षको लाभांश

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८१/८२ सुरु भइसके पनि अझै दुई कम्पनीले २०७९/८० को लाभांश पारित गरेका छन् ।

नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत वर्षको वार्षिक साधरण सभा गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था र नेसनल लाइफ इन्स्योरेन्सले भने पूरै आर्थिक वर्ष बित्दा समेत साधरण सभा सम्पन्न गरेका छैनन् ।

नयाँ आर्थिक वर्ष सुरु भए पछि यी दुई कम्पनीले २ वर्षअघिको साधरण सभा बोलाएका छन् । सूर्योदय र नेसनलले अझै लाभांश प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् । तसर्थ ती कम्पनीको सेयर किन्दा अझै लाभांश पाइन्छ ।

दुवै कम्पनीले साउन २४ गते बुकक्लोज तोकेका छन् । सो अनुसार साउन २३ गतेसम्म सेयर किन्दा दुवै कम्पनीको प्रस्तावित लाभांश पाइन्छ ।

आव २०७९/८० को नाफाबाट नेसनल लाइफले ४ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै, सूर्योदय वोमीले १४.००५१ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउने छन् ।

साउनको सोमबारका लागि फूडमाण्डुबाट स्वादिष्ट परिकार Read Previous

साउनको सोमबारका लागि फूडमाण्डुबाट स्वादिष्ट परिकार

आइएमई पेमा पैसा पठाउँदा १ हजारसम्म क्यास ब्याक पाइने Read Next

आइएमई पेमा पैसा पठाउँदा १ हजारसम्म क्यास ब्याक पाइने