साउनको सोमबारका लागि फूडमाण्डुबाट स्वादिष्ट परिकार

काठमाडौं । आध्यात्म, शान्ति र भगवान शिवको भक्तिको महिनाको रुपमा रहेको साउन महिनाका लागि फूडमाण्डुबाट विशेष खाना अर्डर गर्न सकिने भएको छ ।

ग्राहकले फूडमाण्डुबाट आफ्नो इच्छा अनुसारको मिठाइ, खाना, जुस, फलफूल लगायत अर्डर गर्न सक्ने भएका हुन् । ग्राहकहरूको धार्मिक मान्यताको सम्मान गर्दै फूडमाण्डुले यो साउनमा विभिन्न रेष्टुरेण्ट तथा होटलहरूका शाकाहारी भोजनमा ग्राहकवर्गको पहुँच सुनिश्चित गरेको हो ।

फूडमाण्डु एपबाट टीपटपको समोसा, अन्नपूर्ण स्वीट्सको छोले भटुरे, मोति महल डिलक्सको पनिर बटर मसला र बटर नान र संगम स्वीट्सको भेज मःमः लगायत विभिन्न रेष्टुरेण्टका खानाहरू सहजै अर्डर गर्न सकिन्छ ।

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फूडमाण्डुले काठमाडौँ, पोखरा र चितवनका लोकप्रिय रेस्टुरेन्टबाट ग्राहकवर्गले खोजे अनुसार खानाहरू डेलिभरी गर्दै आएको छ ।

'नोट अफ डिसेन्ट' लेख्ने प्राधिकरणका दुई संचालकलाई सरकारले हटायो Read Previous

'नोट अफ डिसेन्ट' लेख्ने प्राधिकरणका दुई संचालकलाई सरकारले हटायो

अझै पाइन्छ यी दुई कम्पनीको सेयर किन्दा अघिल्लो वर्षको लाभांश Read Next

अझै पाइन्छ यी दुई कम्पनीको सेयर किन्दा अघिल्लो वर्षको लाभांश