नबिल बैंकको खुद नाफा ७ अर्ब बढी, वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड

काठमाडौं । नबिल बैंकको खुद नाफामा सुधार आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ १०.३१ प्रतिशतले बढेको छ ।

बैंकले गत असार मसान्तसम्म ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६६ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी घटे पनि संचाालन मुनाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेर १६ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन मुनाफा भने ३.५१ प्रतिशतले बढेर ९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ४ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल २७ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ८५ करोड र जगेडा कोषमा २८ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई १४.२६ प्रतिशत लाभांश बाँड्न पुग्छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष २३.६७ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी २.४२ रुपैयाँ बढेर २६.०९ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २२०.१६ रुपैयाँ, खराब कर्जा ३.८५ प्रतिशत, मूल्य आम्दानी अनुपात २०.०८ प्रतिशत, बेसरेट ७.६३ प्रतिशत र सीडी रेसियो ८३.६० प्रतिशत रहेको छ ।

आइएमई पेमा पैसा पठाउँदा १ हजारसम्म क्यास ब्याक पाइने Read Previous

आइएमई पेमा पैसा पठाउँदा १ हजारसम्म क्यास ब्याक पाइने

प्रभु बैंकको नाफा १६ गुणा बढ्यो, कति दिन सक्छ लाभांश ? Read Next

प्रभु बैंकको नाफा १६ गुणा बढ्यो, कति दिन सक्छ लाभांश ?