झापाको दुर्गापुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । झापाको कनकाई नगरपालिका-७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो ।

बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले बिहीबार उक्त शाखाको उद्घाटन गरेका हुन् । अध्यक्ष थापाले दुर्गापुर शाखाले त्यहाँको जनजीविका उकास्नु मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यसक्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए ।

प्रभु बैंकले हाल देशभरका ३१४ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

नारायणगढ-बुटवल सडकको ६ वर्षमा आधा मात्र काम पूरा, तेस्रो पटक म्याद थप Read Previous

नारायणगढ-बुटवल सडकको ६ वर्षमा आधा मात्र काम पूरा, तेस्रो पटक म्याद थप

'नोट अफ डिसेन्ट' लेख्ने प्राधिकरणका दुई संचालकलाई सरकारले हटायो Read Next

'नोट अफ डिसेन्ट' लेख्ने प्राधिकरणका दुई संचालकलाई सरकारले हटायो