यस्तो छ चालु आवको मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकदर घटाएको छ । त्यस्तै, असल कर्जामा प्रोभिजन गर्नुपर्ने रकमको सीमा घटाएको छ ।

त्यस्तै, निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गरेको छ । निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी देखाउन पाउने व्यवस्था गरेको छ ।

असल कर्जामा प्रोभिजनिङ रकम घट्यो Read Previous

असल कर्जामा प्रोभिजनिङ रकम घट्यो

सेयर धितो कर्जाको सीमा खारेज Read Next

सेयर धितो कर्जाको सीमा खारेज