सेयर धितो कर्जाको सीमा खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा खारेज गरेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत लगानीकर्ताको हकमा कायम २० करोडको सीमा खारेज गरिएको घोषणा गरेका हुन् ।

‘धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ,’ गर्भनर अधिकारीले भने ।

यस्तो छ चालु आवको मौद्रिक नीति (पूर्णपाठ) Read Previous

यस्तो छ चालु आवको मौद्रिक नीति (पूर्णपाठ)

यस्ता छन् मौद्रिक नीतिमा गरिएका मुख्य २० व्यवस्था Read Next

यस्ता छन् मौद्रिक नीतिमा गरिएका मुख्य २० व्यवस्था