काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज (पुस ३ गते) १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी गरेको हो। रिपोमा सहभागी हुन चाहने बैंकहरुले दिउँसो २ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ७ दिनका लागि पुस १० गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो। जसअनुसार बैंकहरुले पुस ११ गते सो रकम फिर्ता पाउनेछन्।
अधिक तरलता न्यूनिकरण गर्न केन्द्रिय बैंकले मौद्रिक औजारको रुपमा रिभर्स रिपो जारी गर्ने गरेको छ।
