मौद्रिक नीति पारित, कति बेला गरिँदै छ सार्वजनिक ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको हो ।

बोर्डबाट पारित भएसँगै मध्याह्न सवा १२ बजे राष्ट्र बैंकको नवनिर्मित भवन बालुवाटारबाट गभर्नर महाप्रसाद अधिकारीले वाचन गर्नेछन् ।

मौद्रिक नीति शिथिल अर्थतन्त्र चलायमान बनाउने गरी केही लचिलो बनाइएको छ । मौद्रिक नीतिमा निजी क्षेत्रका धेरै अपेक्षा भए पनि मुख्य समस्या सम्बोधन गरिएको बताइएको छ । मुख्य गरी निर्माण क्षेत्र, घरजग्गा, सेयर बजारमा गरिएका कडाइ केही खुकुलो बनाइएको छ । त्यसैगरी, प्रणालीमा थुप्रेर बसेको तरलता लगानीका लागि सहजीकरण गरिने छ ।

 

अर्थतन्त्र चलायमान बनाउने मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक Read Previous

अर्थतन्त्र चलायमान बनाउने मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

लक्ष्मी सनराइज बैंकद्धारा नयाँ ब्राण्ड 'फिल्म' सार्वजनिक Read Next

लक्ष्मी सनराइज बैंकद्धारा नयाँ ब्राण्ड 'फिल्म' सार्वजनिक