
काठमाडौं । लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ ।
२ मिनेट २० सेकेण्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखी ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ ।
खुत्रुकेदेखि समुन्नती सम्मको यात्रा फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ ।
उनले जम्मा गरेको जस्तै स–साना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनाहरूमा लगानी भइ कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाश मुनि पढ्न पाउँदछ ।
लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ ।
सफलताको गाथा बुन्दै बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठुला परियोजना मात्र नभई साना परियोजनाहरूलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरू प्रवाह गर्दछ । यस्ता कर्जाहरुले कुनै किसानको बाली स्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुआतका कथाहरू पनि यस फिल्ममा समेटिएको छ ।
साझा समृद्विको उत्सव मनाउँदै
यस फिल्म मार्फत बैंकमा बचत गर्न किन जरुरी छ ? बैंकमा गरिएको बचत कहाँ–कहाँ प्रयोग हुन्छ ? र, यसले देश विकास तथा उद्यमीहरूको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ ।
बचत गर्नु हुने बैंकका ग्राहकहरु नै देशको समृद्धिको सारथी भएको कुरा प्रतित गराइएको छ । तसर्थ, यस फिल्मले बचत तथा बैँकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुनःपरिभाषित गर्ने लक्ष्मी सनराइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ ।