अब घर किन्न सानिमा बैंकबाट शतप्रतिशत कर्जा पाइने

काठमाडैं । आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले “सानिमा प्रथम घर कर्जा” को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १००% सम्म बैंकले कर्जा उपलब्ध गराउने छ ।

 

यस योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ ।

 

साथै ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न “सानिमा प्रथम घर कर्जा” अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने छ ।

 

आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले यस योजनाको आकर्षक फाइदा तथा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन् । यो घर कर्जा देशभर रहेका बैंकका शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

 

बैंकले हाल देशभरका ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटीएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

नेपाल बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले Read Previous

नेपाल बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको मलंगवामा Read Next

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको मलंगवामा