नेपाल बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले

काठमाडौं । नेपाल बैंकले ६० औं वार्षिक साधारण सभा पुस २५ गते बोलाएको छ । बैंकको साधरण सभा एपीएफ क्लब हलचोकमा हुनेछ ।

 

बैंकले साधारण सभामा २३ वर्षपछि वितरण गर्न लागेको २५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएछ । बैंकले १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको लाभांश अब साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् ।

 

साधरण सभा प्रयोजनको लागि बैंकले पुस १३ गतेलाई बुकक्लोज मिति तोकेको छ । तसर्थ पुस १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

 

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रूपैयाँ छ भने बोनस वितरणपछि ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ पुग्नेछ।

आज सार्वजनिक हुने मोटसाइकल ‘यात्री’का डिजाइनरको आफ्नै यात्रा Read Previous

आज सार्वजनिक हुने मोटसाइकल ‘यात्री’का डिजाइनरको आफ्नै यात्रा

अब घर किन्न सानिमा बैंकबाट शतप्रतिशत कर्जा पाइने Read Next

अब घर किन्न सानिमा बैंकबाट शतप्रतिशत कर्जा पाइने