
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शिक्षा क्षेत्रमा लगानी गरेको छ । कम्पनीले दुई वटा शैक्षिक संस्थामा कुल १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार ६०० रुपैयाँ लगानी गरेको हो ।
कम्पनी संचालक समितिको साउन ६ गते बसेको बैठकले प्रोफेशनल एजुकेशन र युनिग्लोबल हाइगर सेकेन्टरी स्कुल काठमाडौंमा लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार प्रोफेशनल एजुकेशनमा ७३ करोड ७२ लाख ८९ हजार ६०० रुपैयाँ लगानी गरी ३५.३२ प्रतिशत सेयर स्वामित्व खरिद गरिएको हो ।
त्यसैगरी, युनिग्लोबल स्कुलमा ६० करोड लगानी गरी ४७.६२ प्रतिशत सेयर स्वामित्व किनेको हो ।
ग्लोबल कलेज र युनिग्लोब कलेज नेपालमा व्यवस्थापन र विज्ञान विषयको उच्च शिक्षाका लागि नाम चलेका कलेज मानिन्छन् ।
लगानी सम्बन्धी सम्झौतामा आइतबार ग्लोबल ग्रुपका अध्यक्ष डा. खगेन्द्र ओझा र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले सेयर लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।