काठमाडौं । भुक्तानी सेवा प्रदायक फोनपे ले आफ्नो ‘फोन पे डिरेक्टस् पैसा पठाऔँ ठाउँ को ठाउँ’ अभियान घोषणा गरेको छ ।
यस अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यूआर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुनेछ ।
दुई महिनासम्म चल्ने यो अभियान भदौ ३१ गते सम्पन्न हुनेछ । यस अभियान अन्तर्गत अन्त्यमा दुईजना भाग्यशाली विजेताले आइ फोन १५ प्रो उपहार पाउने छन् ।
यसका लागि प्रयोगकर्ताहरूले फोन पे डिरेक्ट बाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड ‘फोन पे डिरेक्ट’ राख्नुपर्नेछ र अभियान अवधिभर मोबाइल बैंकिङ एप प्रयोग गरेर फोन पे डिरेक्ट मार्फत कम्तीमा ३ पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।
‘हामी ‘फोन पे डिरेक्ट’ अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं । यस अभियानले नेपाली उपभोक्ताहरूलाई डिजिटल कारोबारमा अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ । हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुनेछन्,’ फोनपेका चिफ इस्ट्राटेजी अफिसर सुबोध शर्माले भने ।