विदेशिनेको संख्या बढ्दै, रेमिट्यान्स भने घट्दै

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेपनि नेपाल भित्रिने रेमिट्यान्स भने घटेको छ ।

 

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ४ महिना (साउन–कात्तिक) सम्ममा ३ खर्ब ४ अर्ब ९७ करोड रूपैयाँ  रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २.३ प्रतिशतले कमी हो ।

 

समीक्षा अवधिमा विदेश जानेको संख्या भने बढेको छ। यो ४ महिनामा अघिल्लो वर्षको तुलनामा अन्तिम श्रम स्वीकृती लिनेको संख्या ५.६ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ३९.४ प्रतिशतले घटेको थियो।

 

समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

टेलिकमकाेभन्दा ८० लाख बढी तिरेर एनसेलले लियो १८०० मेगाहर्ज फ्रिक्वेन्सी Read Previous

टेलिकमकाेभन्दा ८० लाख बढी तिरेर एनसेलले लियो १८०० मेगाहर्ज फ्रिक्वेन्सी

डिशहाेमले नेपाल आइडलको पुनः प्रसारण गर्ने Read Next

डिशहाेमले नेपाल आइडलको पुनः प्रसारण गर्ने