काठमाडौं । नेपाली संगीतका पारखीहरु र त्यस संगीतमा आफ्नो भविष्य देख्नेहरुले सर्वाधिक रुचाइएको रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण ‘नेपाल आइडल सीजन -३’ बिहीबार (पुस ३ गते) देखि शुरु हुँदैछ ।
नेपाल आइडल कार्यक्रमको एपी वान् एचडी टेलिभिजनमा प्रसारण समाप्त भए लगतै उक्त कार्यक्रम डिशहोमकाे रियालिटी टिभी च्यानल नं. १४३ मा पुनः प्रसारण गर्ने भएकाे छ ।
नेपाल आइडल ३ को प्रसारण प्रारम्भसँगै यसको प्रसारण सहयात्रीमा डिशहोम पनि आबद्ध भएको छ । डिशहोम नेपाल आइडल सीजन ३ सँग ‘पावर्ड बाइ’ श्रेणीमा आवद्ध भएको हो ।