टेलिकमकाेभन्दा ८० लाख बढी तिरेर एनसेलले लियो १८०० मेगाहर्ज फ्रिक्वेन्सी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सीको बढाबढमा आज एनसेल प्रालि छनोट भएको छ ।

 

प्राधिकरणले ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ प्रक्रियाको लागि एक वर्षअघि सूचना प्रकाशन गरेको थियो । बढाबढको सूचनामा एनसेल र नेपाल टेलिकमले आफ्नो सेवा दिने मूल्य दाबीसहित भाग लिएका थिए ।

 

प्राधिकरणले आज आयोजना गरेको बढाबढ कार्यक्रममा एनसेलको ५ करोड ८० लाख र टेलिकम कम्पनीको ५ करोड १  हजार पर्न आएको जानकारी दिइयो ।

 

मुलुकमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न प्राप्त सीमित स्रोत साधनको अधिकतम उपयोगको वातावरण सिर्जना गराइ समृद्धिमा सघाउन प्राधिकरणले सो फ्रिक्वेन्सी बढाबढ गरेको हो ।

 

प्राधिकरणका निर्देशक अम्बर स्थापितका अनुसार फोर जी र फाइभ जी सेवा प्रवाहको सुनिश्चितताका लागि फ्रिक्वेन्सी व्यवस्थापन गरिएको हो । प्राधिकरण नेपाल सरकारको दूरसञ्चार क्षेत्रको नियमन र नीतिगत सुझाव दिने निकाय हो ।

 

वाणिज्य बैंकहरुमा सुपरीवेक्षकीय सूचना प्रणाली लागू हुँदै Read Previous

वाणिज्य बैंकहरुमा सुपरीवेक्षकीय सूचना प्रणाली लागू हुँदै

विदेशिनेको संख्या बढ्दै, रेमिट्यान्स भने घट्दै Read Next

विदेशिनेको संख्या बढ्दै, रेमिट्यान्स भने घट्दै