वाणिज्य बैंकहरुमा सुपरीवेक्षकीय सूचना प्रणाली लागू हुँदै

काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त भइरहेको तथ्याङ्कहरु थप प्रभावकारी ढंगबाट प्राप्त गर्ने उद्देश्यले विकास गरिएको सुपरीवेक्षकीय सूचना प्रणाली (एसआइएस) कार्यान्वयनमा ल्याउने भएको छ।

 

पहिलो चरणमा पुस २३ गते देखि  ‘क’ वर्गका वाणिज्य बैंक र इन्फ्रास्ट्रचर डेभलपमेन्ट बैंकमा याे प्रणाली पाइलट टेष्टको रुपमा कार्यन्वयनमा ल्याउन लागिएकाे राष्ट्र बैंकले  जनाएकाे छ । यस प्रणालीको कार्यान्वयनले बैंक तथा वित्तीय क्षेत्रमा एकद्धार सूचना प्रणाली सुरु हुने केन्द्रीय बैंकका भनाई छ ।

 

एसआईएस समावेश गरीएका मोड्युल निमार्णका अधिकांश कार्यहरु सम्पन्न भई यस प्रणाली लागू गर्दै जाने सन्दर्भमा डिसेम्बर २२ देखि सर्भर तयारी अवस्थामा रहने राष्ट्र बैंकले जनाएको छ।

 

वाणिज्य बैंकहरु र इन्फ्रास्ट्रचर डेभलपमेन्ट बैंकले एसआईएस प्रणालीका लागि तोकिएको इनपुट फर्महरु अनिवार्य रुपमा अपलोड गर्न तथा राष्ट्र बैंकबाट गरिने स्थलगत निरीक्षणका जवाफ समेत समानान्तर रुपमा एसआईएस प्रणाली मार्फत पठाउन निर्देशन समेत दिएको छ ।

 

एसआइएस प्रणाली वाणिज्य बैंकहरु तथा इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकमा परीक्षण गर्ने र  साे सम्पन्न भएपछि सबै बैंक तथा वित्तीय संस्थामा लागू गर्ने केन्द्रीय बैंकको योजना छ ।

 

घट्दो बजारमा तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

घट्दो बजारमा तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

टेलिकमकाेभन्दा ८० लाख बढी तिरेर एनसेलले लियो १८०० मेगाहर्ज फ्रिक्वेन्सी Read Next

टेलिकमकाेभन्दा ८० लाख बढी तिरेर एनसेलले लियो १८०० मेगाहर्ज फ्रिक्वेन्सी