तिंकरनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

दार्चुला । नेपाल-चीन सीमानाका तिंकर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ ।

बुधबार व्यास गाउँपालिका-१ छाङ्रुका १५ र तिंकरका १२ गरी २७ जना व्यापारी उक्त नाकाहुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

चीन प्रवेशका लागि दार्चुलाका १८७ जनाले अनुमति लिएका छन् । कोरोनाकालदेखि बन्द रहेको तिंकरनाका हालै खुलेको हो ।

नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिक बीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ ।रासस

इन्भेष्टमेन्ट मेगा बैंकका १० प्रमोटर बाहिरिँदै, लिलामीमा राखे सेयर Read Previous

इन्भेष्टमेन्ट मेगा बैंकका १० प्रमोटर बाहिरिँदै, लिलामीमा राखे सेयर

भारतमा 'रूफटप सोलर'का लागि एडीबीले दियो सवा ३२ अर्ब Read Next

भारतमा 'रूफटप सोलर'का लागि एडीबीले दियो सवा ३२ अर्ब