इन्भेष्टमेन्ट मेगा बैंकका १० प्रमोटर बाहिरिँदै, लिलामीमा राखे सेयर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १० जना संस्थापक (प्रमोटर)सेयरधनी बाहिरिने भएका छन् ।

बैंकका विद्यमान १० संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २८ हजार ९८० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा आएको हो ।

उक्त सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीले नकिनेमा दोस्रो चरणमा सर्वसाधरणका लागि बिक्रीमा ल्याइने बैंकले जनाएको छ ।

बैंकको सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

बिक्री मूल्य भने खुलाइएको छैन । इच्छुक लगानीकर्ताले आजको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

 

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त Read Previous

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

तिंकरनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो Read Next

तिंकरनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो