भारतमा ‘रूफटप सोलर’का लागि एडीबीले दियो सवा ३२ अर्ब

मनिला । एसियाली विकास बैंक (एडीबी) ले भारतमा छतमा सौर्य प्रणली (रूफटप सोलर सिस्टम) को वित्तपोषण गर्न २४०.५ मिलियन अमेरिकी डलर (करिब ३२ अर्ब २२ करोड नेपाली रुपैयाँ) ऋण स्वीकृत गरेको छ ।

छतमा सौर्य प्रणाली स्थापना गर्न भारतका विकासकर्ता र अन्तिम प्रयोगकर्तालाई ऋण प्रदान गर्न भारतीय स्टेट बैंक (एसबीआई) र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नाबार्ड) लाई वित्तपोषण उपलब्ध हुनेछ ।

एडीबीको क्लिन टेक्नोलोजी कोषबाट एसबीआईलाई ९०.५ मिलियन डलर प्रदान गर्ने बताएको छ । क्लिन टेक्नोलोजी कोषबाट नाबार्डले १५० मिलियन डलर प्राप्त गर्नेछ, जसमा एडीबीको साधारण पूँजी स्रोतबाट ८० मिलियन डलर र सीटीएफबाट ७० मिलियन डलर समावेश छ ।

छतमा सौर्य प्रणाली स्थापना गर्दा प्राविधिक र परिचालन बोझ कम गरेर समग्र विद्युत वितरण प्रणालीलाई फाइदा पुग्ने एडीबीले जनाएको छ ।

तिंकरनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो Read Previous

तिंकरनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

दुई ठूला कम्पनी क्यालिफोर्नियाबाट टेक्सास सार्दै एलन मस्क Read Next

दुई ठूला कम्पनी क्यालिफोर्नियाबाट टेक्सास सार्दै एलन मस्क