काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिननै नयाँ रेकर्ड बनाउन थालेको छ । सोमबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज फेरि इतिहासकै महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि असार ३१ गते सुनको मूल्य १ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको थियो।
महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ४१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेर १८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।