भारतबाट चिनी ल्याउन १० उद्योगले पाए अनुमति

काठमाडौं । भारतबाट चिनी आयात गर्न १० उद्योगले अनुमति पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोटा बाँडफाँटसहित १० उद्योगलाई चिनी आयातको अनुमति दिएको हो ।

मन्त्रालयका अनुसार यी उद्योगले औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी भारतबाट चिनी आयात गर्न पाउने छन् ।

चिची आयातका लागि अनुमति पाउनेमा अधिकांश खाद्य उद्योग रहेका छन् । मन्त्रालयका अनुसार ललितपुरको एग्रो थाइ फुड, सुनसरीका गुडलाइफ वेभरेज, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालिले चिनी आयात गर्ने अनुमति पाएका छन् ।

त्यस्तै, विराटनगरको शिवम डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, झापाको केआरएस भेन्चर्स र पोखराको सुजल फुड्सले चिनी आयात गर्ने अनुमति पाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यी उद्योगलाई यथाशीघ्र उद्योग विभागमा सम्पर्क गर्न भनेको छ ।

एकैपटक ३ कम्पनीको सेयर लिलामीमा आयो, कुनको कति ? Read Previous

एकैपटक ३ कम्पनीको सेयर लिलामीमा आयो, कुनको कति ?

नबिल बैंक ४१औं वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता Read Next

नबिल बैंक ४१औं वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता