एकैपटक ३ कम्पनीको सेयर लिलामीमा आयो, कुनको कति ?

काठमाडौं । आज (आइतबार)देखि ३ कम्पनीको संस्थापक सेयर लिलामीमा आएको छ ।कुमारी बैंक, समता घरेलु लघुवित्त वित्ती संस्था र सिटिजन्स बैंक इन्टरनेशनलको संस्थापक सेयर लिलामीमा आएको हो ।

यी कम्पनीका विद्यमान संस्थापकहरूले आफ्नो नाममा रहेको सेयर लिलामीमार्फत बेच्न लागेका हुन् । ३ कम्पनीको कुल १ लाख ५७ हजार ५६८ कित्ता सेयर लिलामीमा आएको हो ।

कुमारी बैंकको ८८ हजार २०९ हजार कित्ता संस्थापक सेयर लिलामीमा आएको छ । बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीमा मात्र आवेदन दिन पाउने छन् ।

इच्छुक लगानीकर्ताले आजको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आवेदन बुझाउनुपर्नेछ ।

त्यसैगरी, समता घरेलु लघुवित्तको ६४ हजार ९१९ कित्ता सेंस्थापक सेयर लिलामीमा आएको छ । लघुवित्तको सेयरमा आजको ३५ दिन भित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन बुझाउनुपर्नेछ ।

त्यसैगरी, सिटिजन्स बैंकको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर लिलामीमा आएको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १०३ रुपैयाँ मूल्य नघटाइ आवेदन दिनुपर्नेछ । बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी, काठमाडौंमा ३५ दिन भित्र आवेदन बुझाउनुपर्नेछ ।

तोकिएको मिति भित्र हालका संस्थापक सेयरधनीहरूले आवेदन नदिए त्यसपछि सर्वसाधरणका लागि बिक्री खुला गरिनेछ ।

७ महिनामै बन्यो मोटरेबल पुल, ठेक्का अवागै काम सक्दा भुक्तानीमा समस्या Read Previous

७ महिनामै बन्यो मोटरेबल पुल, ठेक्का अवागै काम सक्दा भुक्तानीमा समस्या

भारतबाट चिनी ल्याउन १० उद्योगले पाए अनुमति Read Next

भारतबाट चिनी ल्याउन १० उद्योगले पाए अनुमति