सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा, उत्पादन बन्द

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सका ३० हजार बढी कर्मचारीले अनिश्चितकालीन हडतालमा उत्रेका छन् ।

तलब वृद्धि र अन्य सुविधाको माग राख्दै उनीहरू ३ दिनदेखि हडतालमा थिए । सो समयमा पनि व्यवस्थापन पक्षले आफ्नो माग गम्भीर नभएको भन्दै कर्मचारी युनियन (एनएसईयू)ले आजदेखि अनिश्चितकालीन हडताल थालेका हुन् ।

सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप, स्मार्टफोन र टेलिभिजन निर्माता कम्पनी हो । युनियनको वेबसाइटमा पहिलो आमहडतालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले दोस्रो अनिश्चितकालीन आमहडतालको आह्वान गरिएको उल्लेख छ ।

कर्मचारीको हडतालले उत्पादन अवरुद्ध भएको छ । तर सामसङले यो दाबीलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

कम्पनीको झन्डै ५५ वर्षको इतिहासमा पहिलो पटक यति ठूलो हडताल भएको हो । यो हडतालपछि कोरिया स्टक एक्सचेन्जमा सामसङको सेयरमा गिरावट आएको छ ।

नबिल बैंकले मानव सेवा आश्रमलाई दियो २ थान गाडी Read Previous

नबिल बैंकले मानव सेवा आश्रमलाई दियो २ थान गाडी

भोजपुरमा ६० मिटर सकड भासियो Read Next

भोजपुरमा ६० मिटर सकड भासियो