भोजपुरमा ६० मिटर सकड भासियो

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका-३ मेस्पाङामा सडक भासिएको छ ।

भोजपुर-चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । उक्त स्थानमा आज बिहान सडक भासिएको हो ।

‘वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत मेस्पाङमा सडक भासिएको छ,’ उपाध्यक्ष राईले भनिन्, ‘सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।’रासस

सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा, उत्पादन बन्द Read Previous

सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा, उत्पादन बन्द

प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप Read Next

प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप