प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रचण्डको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

असार १७ गते संसदका दुई ठूला दल एमाले र काँग्रेस मिलेर सरकार बनाउने सहमती भएको थियो । त्यसपछि १९ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् ।

भोजपुरमा ६० मिटर सकड भासियो Read Previous

भोजपुरमा ६० मिटर सकड भासियो

साउन १ गतेदेखि नै निजामती कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चको आदेश Read Next

साउन १ गतेदेखि नै निजामती कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चको आदेश