हिमाल र पहाडको कुना कन्दराबाट उदाएको एउटा व्यवसाय जसले वर्गिय विभेदको अन्त्य गर्‍यो

"एउटा फरक कथा "

सहरमा बसेर थोरै मानिस केन्द्रित व्यवसाय गरेर धनी बन्ने चलन विपरित डिजिटल टेलिभिजन सेवा प्रदायक डिसहोमले कही फरक ढंगले व्यवसाय गर्‍यो । र, त्यसै कारण सफलताको स्वाद पनि चाख्यो । अनी आफ्नो व्यवसायीक क्षेत्रको ‘लिडर’ बन्यो । धेरै कम्पनीले आफ्नो सेवा सहरबाट सुरु गर्ने गरेको कुरा माथी नै उल्लेख गरियो । तर, डिसहोमले आफ्नो पहिलो लक्ष्य हिमाल र पहाडलाई बनायो । पहाडमा सफा टेलिभिजन सञ्चालनमा आएपछि सहरमा पनि यसको माग बढ्न थाल्यो ।

 

‘हामीले हिमाल र पहाडसँगै तराईमा कसरी भारतीय डिटिएचसँग प्रतिस्पर्धा गर्ने भन्ने विषयमा छलफल गर्यौं । तराईलाई केन्द्रमा राखेर जडान शुल्क घटायौं, त्यसले समग्र देशमा नै डिसहोमको माग उच्च भयो’ कम्पनीका जनरल मेनेजर रमेश सापकोटाले भने ।

 

 

‘गाउँमा विकल्प थिएन । सरकारले सेवा पुर्‍याउन सकेको थिएन । केवल टेलिभिजनको झन्झटिलो सेवा थियो । हामी पूरा नेपाललाई सेवा दिने गरेर आयौं त्यसैले हामीलाई यो क्षेत्रमा स्थापित हुन सहज भयो’, सापकोटाले विगत सम्झिए ।

नेपालको हिमाल, पहाड र तराई जोड्दै डिजिटल टेलिभिजन सुरुवात गरेको डिसहोमले १५ लाख घरमा आफ्नो सेवा दिइरहेको छ । सरकारले अहिले नेपाल एनालग केबलको युग अन्त्य भएको घोषणा गरिरहँदा त्यसलाई डिसहोमले पुर्याएको सहयोग मान्न सकिन्छ ।

 

तराईमा संचालन हुने अवैध भारतीय डीटीएचलाई विस्थापन गर्दै पहाड र कुना कन्दरामा टेलिभिजनको पहुँच विस्तार गर्न सफल रहेको डिसहोमले गुणस्तरीय सेवा प्रदान गर्न अझै मिहेनत गर्दै जानु पर्ने अवस्था भने रहेको छ ।

 

मनोरञ्जन, समाचार, सिनेमा, संगित, खेलकुद जस्ता सामग्री आफैँ र अन्य ‘ब्रोडकाष्टर’ बाट लिएर प्रशारण गरिरहेको डिसहोमले बेलाबखत शिक्षा क्षेत्रमा पनि कामगर्दै आएको छ । सरकारले टेलिभिजन हेर्नेबाट अत्यन्त न्यून कर पाईरहेको समयमा डिसहोमको आवगमनसँगै त्यसमा निकै सुधार हुँदै गइरहेको छ ।

 

देशभर संचालनमा रहेका ७ सय केबलहरु अब डिजिटलमा रुपान्तरण भएका छन् । यसले समग्रमा राज्य र आम टेलिभिजन दर्शकलाई उत्कृष्ट गुणस्तरको टेलिभिजन हेर्न पाउने वातावरण तयार गरेको छ । त्यसको श्रेय डिसहोमलाई दिँदा फरक पर्दैन ।

 

एउटा अर्को पक्ष

 

नेपालमा केही दशक अघिसम्म विदेशी च्यानल हेर्न पाउनु शान कै कुरा हुन्थ्यो । घरका छानामा ठडिएका छाता आकारको ‘एन्टिना’ सम्पन्नताका सूचक थिए । कसको घरमा विदेशी च्यानल हेर्ने सुबिधा छ वा छैन भन्ने कुराले नै समाजमा बिद्यमान वर्गीय अवस्थितिको तस्वीर खिच्दथ्यो ।

 

डिसहोमले प्रविधिको माध्यमले नेपालमा वर्गीय बिभेदको यो पाटोको अन्त्य गर्‍यो । नेपालको सबै क्षेत्रका जनताले टेलिभिजनमा आफ्नो रुचीको च्यानल हेर्ने कुरा सहज पहुँचको बिषय बन्यो ।

 

नेपालमा वर्ग संर्घष कसरी गर्ने, उन्नत स्तरको समाज निर्माण गर्न कुन बाटोबाट हिँड्ने भन्ने जस्तो बिषयमा चिन्तन गरिबस्ने थुप्रो मानिसहरु छन् । तर, दुखको कुरा उनीहरु इमेल चलाउन पनि जान्दैनन् ।

यहाँ भन्न खाजेको कुरा के हो भने डिसहोमले प्रविधिको माध्यमबाट समाजमा बिद्यमान वर्गीय बिभेदको एउटा पाटोको अन्त्य गरेको तथ्यले माथी उल्लेखित समाज परिर्वतन गर्न तल्लिन बिद्धानहरुलाई चिन्तन गर्नका लागि अर्को एउटा क्षितिज उघारिदिएको छ ।

 

२१ औं शताब्दीको समाज परिर्वतन गर्नका लागि उहाँहरुले पढ्दै आएको दर्शनका अलावा प्रविधिको पनि ठूलै र निर्णायक भुमिका भइसकेको छ भन्ने तथ्य आत्मसात गरेर सोहि बमोजिम कार्ययोजना बनाउन प्रेरित पनि गरेको छ, डिसहोमको ब्यवसायी रणनीति र सफलताले ।

 

अबको चुनौति

 

तराईमा रहेका भारतीय डिटिएच र उत्कृष्ट तथा विस्तारित सेवा डिसहोमको चुनौति हो । डिसहोम भन्ना साथ गुणस्तरको विषय आउँछ । अहिले कम्पनीले आफैँ थुप्रै च्यानल संचालन गरिरहेको छ । त्यसले दिने उत्कृष्ट सेवाले ग्राहकलाई लोभ्याउने छ भने कमजोर सेवाले ग्राहक बिच्क्याउने छ ।

 

अर्को, चुनौति डिटिएचको बजारमा एकाधिकार छैन । करिब एक दर्जन कम्पनीहरु नयाँ आएका छन् । ती सबै कम्पनीसँग डिसहोमले प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । यस्तोमा आफ्नो सेवाको गुणस्तरले धेरै महत्व राख्छ नै ।

मध्यमर्स्याङ्दीको उत्पादन २५ मेगावाट घट्यो Read Previous

मध्यमर्स्याङ्दीको उत्पादन २५ मेगावाट घट्यो

डिजेल र मट्टीतेलको मूल्य बढ्यो Read Next

डिजेल र मट्टीतेलको मूल्य बढ्यो