काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ।
निगमका अनुसार आज राती (बुधबार) १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा मूल्यमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरिएको छ ।नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलको प्रतिलिटर ९८ रुपैयाँ भएको छ।
निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिएको छ ।
निगमले यसअघि गत मङ्सिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो।