मध्यमर्स्याङ्दीको उत्पादन २५ मेगावाट घट्यो

मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दैजाँदा मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ ।

 

बेँसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५/३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् ।

 

आयोजनाका प्रमुख शिवकुमार शाहले भने, “पानी कम भएकाले मङ्सिरको पहिलो साताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ । ”

 

सन् २००८ मा २७ अर्ब २० करोड लागतमा निर्माण कार्य सम्पन्न भएको थियो । यसैगरी ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ ।

 

मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा आयोजनास्थल रहेको सो आयोजना करिव १६ अर्ब रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । त्यस्तै पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दी आयोजनाबाट समेत बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ ।

 

मध्यमस्र्याङ्दी, माथिल्लो मस्र्याङ्दी ‘ए’ र यी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

एनआइसी एशियाले खोल्यो काठमाडौंमा एकैपटक ६ नयाँ शाखा Read Previous

एनआइसी एशियाले खोल्यो काठमाडौंमा एकैपटक ६ नयाँ शाखा

हिमाल र पहाडको कुना कन्दराबाट उदाएको एउटा व्यवसाय जसले वर्गिय विभेदको अन्त्य गर्‍यो Read Next

हिमाल र पहाडको कुना कन्दराबाट उदाएको एउटा व्यवसाय जसले वर्गिय विभेदको अन्त्य गर्‍यो